stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेको विवरण अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २०.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकले ६ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको पथयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशतले बढेको छ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.४५ प्रतिशत बढेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

१८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२।२५ गुणा रहेको छ।

prabhu mahalaxmi
kumari