stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नदी किनारका सुकुमबासी बस्ती आजदेखि खाली गरिँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ ।

नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।

उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि नै अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।

प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ । प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुमबासीहरूको पहिचान र लगत संकलन गरी उनीहरूको उचित बसोबासको व्यवस्था मिलाइने तयारी छ ।

prabhu mahalaxmi
kumari