विदेशी कोर्ष गर्ने विद्यार्थीलाई ५ हजार डलरसम्म सटही सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी कोर्ष गर्ने विद्यार्थीलाई वार्षिक ५ हजार अमेरिकी डलरसम्म सटही सुविधा दिने भएको छ।
प्राविधिक शिक्षा, व्यावसायिक तालिम तथा अनलाइन मार्फत अध्ययनका लागि उक्त सुविधा दिने भएको हो।
विद्यार्थीले विदेशी संस्थालाई एकै पटक वा पटक पटक गरी भुक्तानी हुनेगरी वार्षिक अमेरिकी डलर ५ हजारसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ।
त्यस्तै विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परिक्षा वा मानकृत परिक्षण टोफेल, आयल्ट्स, पीटीई, जिआरई, जीम्याट, स्याट लगायत सेवा आयात नेपाली संस्थाले गर्दा १५ हजारसम्मको सटही सुविधा वाणिज्य बैंकले प्रदान गर्न सक्ने व्यवस्था गरेको छ।























