stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १८ को बिन्दुमा कायम भएको हो ।

आज ३२८ कम्पनीको दुई करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर एक लाख तीन हजार २२५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ दशमलव २९ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ११, वित्त शून्य दशमलव ८७, जीवन बिमा शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूहको उपसूचक शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३९, जलविद्युत् शून्य दशमलव शून्य पाँच, लगानी शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन एक दशमलव ७६, म्युचुअल फण्ड शून्य दशमलव १२ र व्यापार समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव शून्य छ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको ३५ करोड ७० लाख १२ हजार ५८९ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको १० लाख ७९ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ ।

prabhu mahalaxmi
kumari