stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फोनपोइन्ट्स र श्री एयरलाइन्सबीच सहकार्य

क्यासब्याकदेखि सित्तैमा हवाई टिकटसम्मको अफर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । फोनपोइन्ट्सले श्री एयरलाइन्ससँगको सहकार्यमा हवाई यात्रुहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। आन्तरिक हवाई यात्रालाई थप किफायती र सहज बनाउने उद्देश्यसहित ल्याइएको यस योजनामा प्रयोगकर्ताले क्यासब्याक र निःशुल्क टिकटको अवसर पाउने भएका छन्।

यस सहकार्यअन्तर्गत फोनपोइन्ट्स मार्फत टिकट काट्ने प्रयोगकर्ताले ५०० देखि १,००० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै, कम्पनीले लक्की ड्रमार्फत १५ जना भाग्यशाली विजेताहरूलाई काठमाडौँ–पोखरा वा पोखरा–काठमाडौँको निःशुल्क हवाई टिकट प्रदान गर्ने घोषणा गरेको छ। यी विजेताहरू प्रत्येक दिन एक जनाका दरले छनोट गरिनेछ।
फोनपोइन्ट्स, इसेवा र फोनपे एपमार्फत प्रयोगकर्ताहरूले यस अफरमा सजिलै सहभागी हुन सक्नेछन्।

डिजिटल कारोबारलाई थप पुरस्कृत र जीवनशैलीमैत्री बनाउने लक्ष्यका साथ ल्याइएको यो योजनाले आफूलाई नेपालको अग्रणी डिजिटल रिवार्ड्स प्लेटफर्मको रूपमा थप स्थापित गर्ने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari