stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

हिमाल वाटर पार्क एण्ड भिलेज होटलले आईपीओ जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित चैत १२ गते बिहीबार पर्साको वीरगञ्जस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, सार्वजनिक निष्काशन मार्फत शेयर जारी गर्ने क्रममा आवश्यक कागजात तथा नियमनकारी निकायसँग पत्राचार गर्न आवश्यक अख्तियारी दिने, कम्पनीको नाम परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको तर्फबाट गत आवमा भए गरेका निर्णय अनुमोदन गर्ने र कार्यकारी प्रबन्ध सञ्चालकको तलब भत्ता निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

prabhu mahalaxmi
kumari