stcnepal long ad
global ime bank long

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेबाट ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले ५० करोड रुपैयाँ बराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गरेको छ।

कुल इकाइमध्ये कम्पनीले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ (५ प्रतिशतले हुन आउने १० हजार इकाइ सामूहिक लगानी कोषलाई)मा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा २ लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari