stcnepal long ad
global ime bank long

मेटलाइफ र वात्सल्य नेचुरल आईभीएफबीच सहकार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकलाई फर्टिलिटी तथा आईभीएफ सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले वात्सल्य नेचुरल आईभीएफ प्रालिसँग सहकार्य गरेको छ।

यो सहकार्य अन्तर्गत ‘वान बाइ मेटलाइफ’ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत बीमित ग्राहक र उनका परिवारका सदस्यले ‘वात्सल्य’का क्लिनिकमा विशेष दरमा सेवा लिन सक्नेछन् ।

डिजिटल कार्डवाहकले प्रमुख डायग्नोस्टिक परीक्षणमा १५ प्रतिशत छुट, पूर्ण आईभीएफ प्याकेजमा अधिकतम २० हजार रुपैयाँसम्म स्थिर छुट तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवामा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था छ।

कम्पनीका अनुसार यसले फर्टिलिटी उपचारमा पहुँच विस्तार गर्दै लागत, सामाजिक संकोच र जानकारी अभावका कारण देखिएका अवरोध घटाउन सहयोग पुर्‍याउनेछ ।

मेटलाइफको ग्राहक–केन्द्रित दृष्टिकोण र वात्सल्यको विशेषज्ञतालाई एकै ठाउँमा जोड्दै यो सहकार्यले परिवारको अभिभावकत्व यात्रामा आशा र भरोसा थप्ने विश्वास व्यक्त गरिएको छ।

सन् १८६८ मा स्थापना भएको मेटलाइफ विश्वका अग्रणी वित्तीय सेवा प्रदायकमध्ये एक कम्पनी हो, जसले बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ।

IME Lifesidebar
kumari