citizens life insurance long ad
stcnepal long ad

आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ।

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ। परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने बोर्डले उहाँले जानकारी दिए।

यसवर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने जानकारी दिए। गत वर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए। गतवर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो।

IME Life
kumari