stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

 नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार शिवम् सिमेन्ट लिमिटेड, आशा लघुवित्त र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

शिवम् सिमेन्ट्सको २.५ प्रतिशत दरको कुल १३ लाख ६४ हजार २०२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै, आशा लघुवित्तको ९.५ प्रतिशत दरको कुल ९ लाख ९६ हजार ३९३ कित्ता र कृषि विकास बैंकको ३.२५ प्रतिशत दरको कुल ४५ लाख २ हजार ९४७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सूचीकृत शेयर आगामी कारोबारदेखि दोस्रो बजारमा आउनेछ ।

prabhu mahalaxmi
kumari