stcnepal long ad
ime life insurance
national life
global ime bank long

एपोलो हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

हाइड्रोपावर कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सो हाइड्रोपावर कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक÷एक वटा रहेका छन् ।

बोर्डले चालु आर्थिक वर्षको हालसम्म रु छ अर्ब एक करोड १७ लाख २७ हजार आठ सय बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

IME Lifesidebar
kumari