stcnepal long ad
global ime bank long

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको बैंकले आजै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ।

उक्त विवरण अनुसार बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपि त्यसको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४५.७८ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा सामान्य बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँबाट बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

यता गत आर्थिक वर्षको ६ महीनासम्म बैंकले ९१ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालू आर्थिक वर्षको पुस मसान्तसम्म घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको बैंकको वित्तीय विवरणले देखाएको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा झरेको छ। खराब कर्जा (एनपीएल) भने ४.८५ प्रतिशतबाट बढेर ६।८६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४९.७९ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

IME Lifesidebar
kumari