stcnepal long ad
ime life insurance
national life
global ime bank long

शिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज माघ ६ गतेदेखि शिखर पावर डेभलपमेन्ट लिमिटेडले साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ९ लाख ८० हजार कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता निष्काशन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा बाग्लुङको बडिगाड गाउँपालिकाको वडा नं। १ देखि १० सम्मका सबै वडाहरू (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी, र दर्लिङ गाविसका सबै वडाहरू) र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २, ३, ४ र ५) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाको निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ भने आयोजना प्रभावितको छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते निष्काशन बन्द हुनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

आयोजना प्रभावितले ग्लोबल आइएमई बैंकको नक्साल, बुर्तिवाङ, बाग्लुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड–५, ग्वालीचौर शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुतिर्वाङ शाखा कार्यालयमा आईपीओको फाराम पाउनेछन्।

शिखर पावरले ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ र प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१.७० रुपैयाँ रहेको छ।

यो आयोजनाको लाइसेन्स २९.०८ वर्ष अझै बाँकी छ भने आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहको छ।

IME Lifesidebar
kumari