stcnepal long ad
ime life insurance
national life
global ime bank long

म्युचुअल फन्डलाई खुकुलो व्यवस्था

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) सञ्चालनका लागि आवश्यक बीज पुँजीसम्बन्धी व्यवस्था खुकुलो भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्णय अनुसार अब योग्य र अनुभवी योजना व्यवस्थापकले १५ प्रतिशतको सट्टा १० वा पाँच प्रतिशत बीज पुँजी राखेर नयाँ योजना सञ्चालन तथा थप एकाइ निष्कासन गर्न सक्ने भएका छन् ।

यसअघि सबै म्युचुअल फन्ड योजनामा योजना प्रवर्धक तथा व्यवस्थापकले अनिवार्य रूपमा १५ प्रतिशत बीज पुँजी लगानी गर्नुपर्ने व्यवस्था थियो ।

बोर्डको नयाँ व्यवस्थाले योग्य र अनुभवी योजना व्यवस्थापकले १५ प्रतिशतको सट्टा १० वा पाँच प्रतिशत बीज पुँजी राखेर नयाँ योजना सञ्चालन तथा थप एकाइ निष्कासन गर्न सक्ने छन् ।

बोर्डका अनुसार १० प्रतिशत बीज पुँजी राख्न पाउने योजना व्यवस्थापकसँग कम्तीमा तीन वर्ष सामूहिक लगानी योजना सञ्चालनको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ साथै व्यवस्थापनमा रहेका योजनाको कुल पुँजी एक अर्ब रुपियाँभन्दा बढी हुनुपर्ने, बोर्डबाट अनुमति प्राप्त योजनाको पछिल्लो तीन वर्षको प्रतिएकाइ मासिक खुद सम्पत्ति मूल्यको औसत अङ्कित मूल्यभन्दा माथि हुनुपर्ने व्यवस्था गरिएको छ ।

पाँच प्रतिशत बीज पुँजी राख्न पाउने योजना व्यवस्थापकसँग कम्तीमा पाँच वर्ष सामूहिक लगानी योजना सञ्चालनको अनुभव, पाँच अर्ब रुपियाँभन्दा बढी कोष व्यवस्थापन, पछिल्लो तीन वर्षको औसत खुद सम्पत्ति मूल्य अङ्कित मूल्यभन्दा माथि, औसत वा सोभन्दा माथिको रेटिङ तथा पछिल्लो छ महिनामा कुनै कारबाही नभएको अवस्था अनिवार्य गरिएको छ ।

IME Lifesidebar
kumari