stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बुलियनले आइपीओ निष्काशन गर्ने

बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत) सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि छुट्याइनेछ ।

सम्झौताअनुसार ज्योति क्यापिटलले हिमालयन बुलियनको आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायहरूसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्यहरू सम्हाल्नेछ ।

कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । हिमालयन बुलियन कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका–१ मा रहेको छ ।

IME Lifesidebar
kumari