stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

प्रोग्रेशिभ फाइनान्सको २९औं बार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पुष ३० गते २९औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे ।

अध्यक्ष महर्जनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिए ।

साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष महर्जनले हाल वित्तीय क्षेत्रमा देखिएका चुनौतिहरुका कारण संस्था अपेक्षित रुपले व्यवसाय वृद्धि गर्न नसकेतापनि अनुपालना, व्यवसायिक गुणस्तर अभिवृद्धि, वित्तीय सुशासन, जोखिम व्यवस्थापन जस्ता क्षेत्रहरुमा अपेक्षित प्रगति हासिल गरिरहेको जानकारी गराए ।

उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरु प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरु कार्यान्वयन गर्दैजाने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२को वित्तीय अवस्थाको विवरण, नाफारनोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात स्वीकृत गरेको छ ।

साथै २०८२/८३का निम्ति बाह्य लेखापरीक्षकका रुपमा डी।जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

वित्तीय संस्थाले हाल २३ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत नवीनतम प्रविधिहरु उपयोग गरी आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।

prabhu mahalaxmi
kumari