stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इजरायल र ओमानसँग नयाँ श्रम समझदारीको तयारी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ ।

यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयरगिभरको होम टु होम काम गर्ने र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकार र नेपाल सरकारबिच तीन क्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता (जिटुजी) गर्ने गरी स्वीकृत गरेको छ । इजरायल सरकारले यी क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा यसअगाडि नै निर्णय गरिसकेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले इजरायलमा यी क्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा नयाँ सम्झौताका लागि धेरै चरणमा कुरा भई त्यहाँको इजरायल सरकारबाट निर्णय भइसकेपछि मात्रै हामीले स्वीकृतिका लागि मन्त्रीपरिषद पठाएको जानकारी दिनुभयो ।

इजरायलसँग नयाँ हुने सम्झौतामा नेपाली श्रमिकका लागि दुई कार्यक्षेत्र थपिए पनि सम्झौताको प्रकृति यसअघिकै निरन्तरता भएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल र इजरायल सरकारबिच २०७७ साल असोज १४ गते दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) श्रमिक पठाउने गरी जिटुजी सम्पन्न भए पनि स्वतः नवीकरणको प्रावधान नराखिएको हुँदा अहिले पुनः नयाँ सम्झौता गर्नु परेको हो ।

श्रम मन्त्रालयले इजरायलसँग सम्झौता भएको पाँच वर्षपछि नवीकरण प्रक्रिया अगाडि बढाएको र यस पटकको सम्झौतामा भने नवीकरणको प्रावधान स्पष्ट उल्लेख गरेका छौँ । इजरायल र नेपालबिच कूटनीतिक सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको छ ।

नेपाल र इजरालय सरकारका दुई पक्षको समय र ठाउँको सुनिश्चित गरेर सकेसम्म छिट्टै सम्झौता गर्ने गरी तयारी भएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

नयाँ सम्झौता अनुसार कृषि र होम टु होममा केयरगिभरमा समेत जान पाउने भएकाले धेरै नेपाली युवाले इजरायलमा रोजगारीको अवसर पाउने छन् । सेवा सुविधा र पारिश्रमिक पनि राम्रो भएकाले इजरायल नेपालीका लागि आकर्षक श्रम गन्तव्य मानिन्छ ।

ओमानसँग बिटुबी गर्न स्वीकृत

नेपाल सरकारले ओमानसँग श्रम समझदारी (बिटुबी) मा स्वीकृति प्रदान गरेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले ओमानसँग श्रम समझदारी गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको हो ।

ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्र (बिटुबी) मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको थियो । ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रको प्रक्रिया अगाडि बढेको जानकारी यसअघि प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको करिब ५० वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन पत्र पठाएको हो । नेपाल र ओमानबिच सन् १९७७ (२०३४) मा कूटनीतिक सम्झौता कायम भएको थियो ।

श्रम मन्त्रालयका सहसचिव पीताम्बर घिमिरले ओमानले नेपालबाट यसअघि पठाएको मसौदा ठिक भएको जवाफ आएको र नेपाल सरकारको मन्त्रीपरिषद्बाट स्वीकृति भइसकेकाले अब हस्ताक्षर प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारबाट स्वीकृति भएको पत्र प्राप्त भएपछि सम्झौताका लागि नेपालले ओमानलाई पत्राचार गर्ने छ । त्यसपछि ओमानले हस्ताक्षर गर्ने अधिकारी, मिति र स्थान तोक्ने छ । त्यसपछि दुई देशबिच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari