stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजित कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए ।

पहिलो रक्तदाता क्लबका पूर्व अध्यक्ष उपेन्द्र अधिकारी र उनी पत्नी कृतिका सुवेदी अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको हो ।

सो अवसरमा गभर्नर कोइरालाले रक्तदान कार्यक्रम पुण्यको काम भएको उल्लेख गर्दै क्लबले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम सुरुआत गरेकोमा खुसी व्यक्त गरे । यसैगरी सामाजिक सेवामा रोटरी इन्टरनेशनल सदा सक्रिय रहँदैआएको उनको भनाइ थियो ।

रोटरीका डिष्ट्रिक्ट सेक्रेटरी सुभाष सिग्देलले मानिसले मरेपछि खाली हात नै जाने भएकाले जीवित छँदै पुण्यको काम गर्नुपर्ने सुझाव दिए । उनका अनुसार मानिसले अरुलाई विस्डम, नलेज र स्कील (बुद्धि, ज्ञान र सीप) बाँड्नुपर्छ ।

क्लब अध्यक्ष राजेन्द्र लिगलले रोटरीको नाम ‘लेकसाइड’ रहेको हुँदा पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडदेखि नै रक्तदान आयोजना गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका पब्लिक इमेज चेयर एवं कार्यक्रम संयोजक कृष्ण थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा पोखरा घुम्न आएका आन्तरिक एवं बाह्य पर्यटकले समेत रक्तदान गरेका थिए ।

जसमा ३० युनिट रगत संकलन भएको क्लबका एड्मिन चेयर कुलप्रसाद सुवेदीले जानकारी दिए । सोही अवसरमा कार्यक्रम संयोजक कृष्ण थापाले गरेको रक्तदान ८४ औं पल्टको थियो । १८ देखि ६५ वर्षका स्वस्थ मानिसले हरेक ३ महिनामा रक्तदान गर्न सकिने उनको भनाइ छ । साथै मानिसको तौल ४५ किलोभन्दा बढी हुनुपर्छ ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अर्जुन खनाल, पत्रकार आरजु विष्ट सल्यानीले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक थापा र सञ्चालन एड्मिन चेयर कुलप्रसाद सुवेदीले गरे । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु डा. वीरबहादुर कार्की, शोभाकान्त सिग्देल, सामुदायिक केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालसमेतको उपस्थिति थियो ।

सो अवसरमा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । ११ औं चार्टर डे मनाएको क्लबमा हाल ३१ जना रोटरियन रहेको क्लब अध्यक्ष लिगलले बताए ।

prabhu mahalaxmi
kumari bank
kumari