मुख्य भन्सारका प्रमुखहरूको जिम्मेवारी हेरफेर
काठमाडौं । सरकारले मुख्य भन्सार कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सहित वीरगञ्ज, भैरहवार र मेची भन्सारका प्रमुखको जिम्मेवारी परिवर्तन गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा यसअघि वीरगञ्ज भन्सारमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। यसअघि त्रिभुवन विमानस्थल भन्सार प्रमुख रहेका टंक लम्सालको भने मन्त्रालयमा सरूवा भएको छ। यसअघि अर्थ मन्त्रालयमा रहेका कृष्ण मैनालीलाई वीरगञ्ज भन्सारको प्रमुखको जिम्मा दिइएको छ ।
मेची भन्सारमा रहेका हरपहर पौडेल भैरहवा भन्सार कार्यालयमा सरूवा भएका छन् । त्यस्तै, मेची भन्सार कार्यालमा भैरहवा भन्सारमा रहेका शिवलाल न्यौपानेलाई सरूवा गरिएको छ।





























