stcnepal long ad
global ime bank long

आजदेखि सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ मिल्सको आइपिओ खुल्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज (सोमबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आइपिओको बाँडफाँट गरेपछि सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमा ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीको प्रतिसेयर मूल्य ८२० रूपैयाँ ८० पैसा रहेको छ। लगानीकर्ताले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको जनाउॅंछ।

IME Lifesidebar
kumari