stcnepal long ad
global ime bank long

एलआईसी नेपालको नयाँ बोनसदर घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै नयाँ बोनसर घोषणा गरेको छ।

जस अनुसार जीवन आस्था बीमालेखमा न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म र बाल उन्नती बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिइने भएको छ।

त्यसैगरी जीवन विद्या, जीवन साथी र जीवन श्री बीमा योजनामा ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म, सावधिक बीमा योजनामा ४९ रुपैयाँदेखि ६५ रुपैयाँसम्म, जीवन आनन्दमा ५० देखि ५५ रुपैयाँसम्म र बाल सावधिकमा ५० रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यसैगरी धन वृष्टिमा ५३ रुपैयाँदेखि ५६ रुपैयाँसम्म, धन फिर्तामा ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म, बाल ममता र बाल स्नेहमा ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म, जीवन तरंगमा ५० रुपैयाँदेखि ५३ रुपैयाँसम्म, नयाँ जीवन तरंगमा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस बीमितले पाउने भएका छन्।

लघु सावधिकका सबै बीमा अवधिमा समान ४१ रुपैयाँ, जीवन बचतमा न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म, जीवन लाभमा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म, बाल समृद्धिमा न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ५६ रुपैयाँसम्म र जीवन उत्सव बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँसम्म बोनस पाइने भएको छ।

यता थप लोयल्टी सहितको जीवन सरल बीमा योजनामा बीमाशुल्क अनुसार न्यूनतम २४५ रुपैयाँदेखि अधिकतम ४०० रुपैयाँसम्म बोनसदर दिने कम्पनीले जनाएको छ।

साथै यो बोनसदर मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरूमा समेत अर्को व्यवस्था नभएसम्म लागू रहने कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
kumari