stcnepal long ad
ime life insurance
global ime bank long

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज पुस ३ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये १० लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र १ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम अनुमति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको आईपीओमध्ये ६ लाख कित्ताका लागि प्रत्यक्ष प्रभावित क्षेत्र (लमजुङ्गको क्व्होलासोथार गाउँपालिका वडा नं.४) का बासिन्दाहरूले र बाँकी ४ लाख कित्ताका लागि अप्रत्यक्ष प्रभावित क्षेत्र (सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९) का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितका लागि निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा कार्यालय र भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौंस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत सजिलै आवेदन दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari