stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

माउन्टेन इनर्जीको लाभांश साधारणसभाबाट पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंस् माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

कम्पनीको साधारण सभाले पारित गरेसँगै अब उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । साधारण सभाले अध्यक्ष पाण्डेबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

त्यस्तै कम्पनीको लेखा परिक्षकको प्रतिवेदन, सहित २०८२ आषाढ मसान्तको वासलात, २०८१/८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari