stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सालपा विकास बैंकको आईपीओ आजदेखि खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज मंसिर २५ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये बैंकले प्रथम चरणमा १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको हो।

यसमा मंसिर २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा २५ हजार कित्तासम्म माग गर्न सकिनेछ।

त्यसैगरी बैंकले ८६ हजार १९४ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र २६ हजार ११९ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग’ दिएको छ यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu mahalaxmi
kumari