stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेप्सेमा पाँच कम्पनीको शेयरमूल्य समायोजन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्सेमा बिहीवार पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी ग्रुप र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

कृषि विकास बैंकको ३ दशमलव २५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी बोनसपछिको मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ ५५ पैसा तोकेको हो । कृषि विकास बैंकको बिहीवार कायम अन्तिम शेयरमूल्य ३२८ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

त्यस्तै बरुण हाइड्रोपावरको बिहीवार कायम अन्तिम शेयरमूल्य ३५३ रुपैयाँ ९० पैसाको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले प्रतिकित्ता ३३७ रुपैयाँ ८५ पैसा तोकेको छ ।

सर्वोत्तम सिमेन्टको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य बिहीवार कायम अन्तिम शेयरमूल्य ९१३ रुपैयाँ ९० पैसाको आधारमा बोनस पछिको मूल्य ८७० रुपैयाँ ३८ पैसा तोकेको नेप्सेले ङादी ग्रुप पावरको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ ५७ पैसा तोकेको छ ।

ङादी ग्रुप पावरको बिहीवार कायम अन्तिम शेयरमूल्य ३९७ रुपैयाँ ६० पैसाको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि बिहीवार कायम अन्तिम शेयरमूल्य ४२४ रुपैयाँको आधारमा बोनस पछिको मूल्य ४११ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

यी कम्पनीहरुले प्रस्तावित बोनस शेयर पारितका लागि बार्षिक साधारण सभा बोलाएका छन् । सो  साधारण सभा प्रयोजनका लागि तय गरिएको बुक क्लोजको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सर्वोत्तम सिमेन्टले मंसिर १२ गते ङादी ग्रुप पावर, कृषि विकास बैंक, बरुण  हाइड्रोपावरले  मंसिर १४ गते  साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको छ ।

kumari bank
kumari
nawakantipur long