सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो।

बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।

हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि बैठकले गरेको छ। सो प्रस्ताव आगामी वार्षिक साधारण सभामा पनि पेश गरिनेछ।

दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले २५ मेगावाट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरेको छ । यो आयोजना २०७८ साउन १७ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

यो परियोजनाको म्याद विक्रम् सम्वत् २१०७ पुस २९ मा सकिएपछि सरकारी स्वामित्वमा हस्तान्तरण हुनेछ ।

IME Lifesidebar
kumari