stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सामसङले नेपालमा सार्वजनिक गर्‍यो’ग्यालेक्सी ट्याब A11′

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडाैँ । सामसङ नेपालले नयाँ Galaxy Tab A11 नेपाली बजारमा ल्याएको घोषणा गरेको छ। प्रत्येक पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै, यो ट्याबले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र भरपर्दो प्रयोग अनुभव प्रदान गर्छ।

Galaxy Tab A11 मा रहेको 8.7-इन्चको ठूलो डिस्प्ले ले चलचित्र, गेम वा अनलाइन कक्षाका लागि जीवन्त र आकर्षक दृश्य अनुभव दिन्छ। Helio G99 प्रोसेसर को कारण मल्टिटास्किङ स्मूथ, एप स्विचिङ छिटो र स्ट्रिमिङ ल्याग-फ्री हुन्छ, जसले यसलाई विद्यार्थी, प्रोफेसनल र परिवार सबैका लागि उपयुक्त बनाउँछ।

ग्यालेक्सी इकोसिस्टम र कनेक्टिविटीको स्मार्ट अनुभव

हल्का र स्लिम डिजाइन भएको Tab A11 सजिलै बोक्न मिल्ने प्रकारको छ। 5100 mAh ब्याट्री का कारण दिनभर स्थिर रूपमा प्रयोग गर्न सकिन्छ। ग्यालेक्सी इकोसिस्टमसँग सहज समन्वय हुने भएकाले स्मार्टफोनसँग फाइल शेयर, नोटिफिकेशन म्यानेजमेन्ट लगायतका कार्य सजिलै गर्न सकिन्छ।

LTE भेरियन्टले बाहिर पनि कनेक्टेड रहने सुविधा दिन्छ भने Wi-Fi भेरियन्ट घर प्रयोगका लागि भरपर्दो छ।

सामसङले यस ट्याबमा ७ वर्ष OS अपडेट र ७ वर्ष सुरक्षा अपडेट उपलब्ध गराउने घोषणा गरेको छ, जसले दीर्घकालीन मूल्य र भरोसा सुनिश्चित गर्छ। Samsung Kids Mode, अभिभावक नियन्त्रण सुविधा र बहु-प्रोफाइल सपोर्टका कारण यो ट्याब पारिवारिक उपयोगका लागि विशेष उपयुक्त बनेको छ।

सामसङ नेपालका MX निर्देशक प्रणय रत्न स्थापित ले भने,“Galaxy Tab A11 मार्फत हामी नेपालका अझ धेरै उपभोक्तासम्म सामसङको भरोसायोग्य प्रदर्शन र नवप्रवर्तन पुर्‍याउँदैछौं। विद्यार्थी, युवा प्रोफेसनलदेखि परिवारसम्म सबैका लागि उपयुक्त विशेषतासहितको डिभाइस उपलब्ध गराउनु हाम्रो लक्ष्य हो। Tab A11 ले हरेक जीवनशैलीमा फिट हुने र प्रयोगकर्तालाई बढी गर्न, बढी सिक्न र बढी मजा लिन सशक्त बनाउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।”

Galaxy Tab A11 अब देशभरका सामसङ अधिकृत स्टोर र रिटेल साझेदारहरूमा उपलब्ध छ।

LTE भेरियन्ट (8GB/128GB): रु. 30,999

Wi-Fi भेरियन्ट (4GB/64GB): रु. 19,499

यी दुवै मोडलले शक्तिशाली प्रदर्शन, लामो ब्याट्री लाइफ र सामसङको भरोसायोग्य गुणस्तर प्रदान गर्छन्।

यससँगै, Samsung Insta Finance (Hulas Fin Serve Hire Purchase Ltd. द्वारा संचालित) मार्फत 0% ब्याजदरमा सजिलो EMI सुविधासमेत उपलब्ध छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long