stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लुप नेटवर्कस् लिमिटेडको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँस्थित लुप नेटवर्कस् लिमिटेडलाई प्रदान गरिएको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कात्तिक ३० गतेदेखि लागू हुने गरी अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको हो।

सूचना अनुसार, २०७३–०४–०२ मा प्रदान गरिएको ‘इन्टरनेट (इमेल सहित) सेवा’ र २०७९–०४–०४ मा प्रदान गरिएको ‘नेटवर्क सेवा प्रदायक’ को अनुमतिपत्र खारेज गरिएको छ।

साथै, प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न,बुझाउनु पर्ने रकमका सम्बन्धमा सूचना जारी भएको मितिले ३० दिनभित्र सम्पर्क गर्न सूचित गरेको छ।

तोकिएको समयमा सम्पर्क नगरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सूचनामा उल्लेख छ।

 

prabhu mahalaxmi
kumari