दुई महिनादेखि ग्राउन्डेड निगमको ट्वीनअटर विमान सञ्चालनमा
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दुई महिनादेखि ग्राउन्डेड ट्वीनअटर विमान सञ्चालनमा आएको छ । निगमको ९एन–एबीटी ट्वीनअटर जहाज मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।
निगमसँग देशका दुर्गम भेगमा आन्तरिक उडान गर्दै आएको ट्वीनअटर डीएचसी–६ जहाजमध्ये सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत् तथा वार्षिक जाँच गर्न ग्राउन्डेड गरिएको थियो । उक्त जहाज मर्मत सम्भार गरेर संचालनमा ल्याइएको हो ।
जहाजको आवश्यक मर्मतसम्भारपछि सोमबार परिक्षण उडान गरेर बुधबारदेखि नियमित सञ्चालनमा ल्याएको पनि निगमले जानकारी दिएको छ ।
अबदेखि निगमका दुईवटै जहाजमार्फत् व्यावसायिक उडान सुरू भएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिएका छन् ।






























