citizens life insurance long ad
stcnepal long ad

हिमालयन डिस्टिलरीले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ।

कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ।कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो ।

क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र Smoky Flavor को स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ।

हिमालयन डिस्टिलरीका अनुसार यो Medium-Bodied ह्विस्कीले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ। कम्पनीका अनुसार श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको थियो।

‘श्लोक’ एउटा स्वाद मात्र होइन, एउटा कथा, प्रत्येक सिपसँग उत्पन्न हुने विशिष्ट अनुभव र उत्कृष्टताको अनुभूति रहेको कम्पनीको भनाई छ।

हाल ७५० मि.ली., १८० मि.ली. र ९० मि.ली. गरी तीन वटा साइजमा उपलब्ध छ । सो को मूल्य क्रमस रु २,८६०, रु ७१५ र रु ३६० रहेको छ।

हिमालयन डिस्टिलरीका अनुसार श्लोक हिमालयन प्रिमियम ह्विस्कीको सार्वजनिकरणले नेपालको प्रिमियम ह्विस्की बजारलाई नयाँ परिभाषा दिनेछ।

गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय स्तरको अनुभव खोज्ने नेपाली उपभोक्तालाई श्लोकले आकर्षित गर्नेछ भन्ने कम्पनीको बिश्वास रहेको छ। हरेक पललाई विशेष बनाऔं किनभने ‘श्लोक’को प्रत्येक थोपामा मिठो कथा छ।

IME Life
kumari