stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा रिलायन्स लाइफको स्टार एजेन्सी मिट–२०८२ः उत्कृष्टलाई सम्मान, सयौं अभिकर्ता लाभान्वित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट–२०८२ सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ।

सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरू मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टीम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो।

सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए।

साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए।

दुवै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको र अभिकर्ताहरूले नयाँ ज्ञान र प्रेरणा प्राप्त गरेको बताएका छन्।

नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम्पनीका सीईओले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७०० करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका थिए।

साथै सानिमा रिलायन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्वपूर्ण रहेको बताएका थिए। उनले भने, “यो पेशा सेवा गर्ने पेशा हो, सुखदुःखमा साथ दिने पेशा हो त्यसैले यसलाई मर्यादासँग अघि बढाउनुपर्छ।”

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतले जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको महत्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुर्याउनु पर्ने बताएका थिए।

prabhu mahalaxmi
kumari