stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसेलले भाग्यशाली ग्राहकलाई ११ जिबी डेटा निःशुल्क दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेलले ‘११ः११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत भोलि नोभेम्बर ११ का दिन एनसेल एप मार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिनका लागि ११ जिबी डेटा निःशुल्क पाउनेछन्।

विश्वव्यापी ११ः११ ट्रेन्डसँग मेल खाने यो विशेष अफरले प्रिपेड प्रयोगकर्तालाई डेटामार्फत पुरस्कृत गर्ने र रमाइलो अनुभव दिलाउने उद्देश्य राखेको एनसेलले जनाएको छ।

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा रहेको एनसेल एपबाट ग्राहकहरूले भ्वाइस र डेटा प्याक खरिद गर्न, रिचार्ज गर्न, बिल हेर्न, सेवा सक्रिय–निष्क्रिय गर्न र गिफ्ट प्याक पठाउन सक्छन्।

साथै, एपमा गेम खेल्ने, समाचार हेर्ने लगायतका अन्य सुविधा पनि उपलब्ध छन्। ११ः११ चीनबाट सुरु भएको विश्वकै ठूलो अनलाइन किनमेल उत्सवको रूपमा परिचित छ, जसले अहिले विश्वभर उपभोक्तामाझ ठूलो आकर्षण पाएको छ।

prabhu mahalaxmi
kumari