stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

दरबारमार्ग लिज प्रकरणमा पूर्व सहसचिव कार्कीमाथि थप ८ दिनको म्याद

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्ग स्थित जग्गा लिज प्रकरणमा पक्राउ परेका पूर्व सहसचिव लेखबहादुर कार्कीमाथि थप ८ दिन अनुसन्धान गर्न म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौँमा पेस भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति प्राप्त भएको हो।

नेपाल ट्रस्टको नाममा दर्ता रहेको दरबारमार्ग स्थित जग्गा नेपाल ट्रस्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिने–लिने सम्झौतामा ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ।

चितवनको साबिक श्रीपुर–२ (हाल भरतपुर महानगरपालिका–१५) निवासी ६६ वर्षीय कार्की शनिवार पक्राउ परेका थिए। सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान भइसकेको सिआईबी स्रोतले जनाएको छ।

सीआईबीका अनुसार दरबारमार्गको कित्ता नं. ४६०६ मात्र नभई थप कित्ता नं. ४६०५ समेत ट्रष्ट सञ्चालक समितिको निर्णय र कानुनी आधारबिना वद्नियतपूर्वक लिजमा दिइएको पाइएको छ।

नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ साल जेठ १४ गते उक्त करार सम्झौता भएको सीआईबीको दाबी छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long