stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीव्र गतिको इन्टरनेटका लागि काठमाडौँ महानगरपालिकाबाट नेपाल टेलिकमबिच सम्झौता

विद्युतीय शासन प्रणालीलाई मजवुद बनाउन महानगरपालिकामा तीब्र गतिको इन्टरनेट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रहरुमा तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट (फाइबर टु द होम – एफटीटीएच) जडान गर्न काठमाडौँ महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।

शुक्रबार महानगरपालिकाको केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजामा भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, वागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गर्नुभएको हो ।

यसअघि वडामा २० एमबीपीएस क्षमताको लिज लाइन लिइएको थियो । यसको लागत धेरै थियो । अहिलेको लागत कम र क्षमता धेरै भएको विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो ।

अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरुमा १ जीबीपीएस बेसिक र प्रिमियम तथा ५ सय एमबीपीएस क्षमताको इन्टरनेट जडान गरिएको छ । यो सेवा २४ सै घण्टा उपलब्ध हुनेछ । यो सम्झौता २०८३ साउन मसान्तसम्मका लागि हो ।

यो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, बागदरबार, टेकु ट्रान्सफर स्टेशन, महानगर प्रहरी वल, पूर्व क्षेत्र, बानेश्वर, बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शंखपार्क गरी ७१ सेवा केन्द्रका लागि खरिद गरिएको हो ।

prabhu mahalaxmi
kumari