लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलवार अख्तियारले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका लेखा अधिकृत ९छैठौ० चक्र प्रसाद अधिकारीविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ख), (ग) र (ङ) बमोजिमको कसूरमा बिगो छ लाख नब्बे हजार छ सय सन्ताउन्न रुपैयाँ पैसा पाँच कायम गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
यस्तै आयोगले आजै कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं। २ का वडा अध्यक्ष जगदिश मंडलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।




























