stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षरोपण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर काठमाडौंमा वृक्षरोपण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम गरेको बैंकले जनाएको छ।

बैंकका अध्यक्ष वेंकट वंशीधर कुंचाले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरेका थिए।

कार्यक्रममा बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता थियो।

बैंकले पशुपति मन्दिर परिसरमा यसप्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू समय–समयमा गर्दै आएको छ।

prabhu mahalaxmi
kumari