stcnepal long ad
global ime bank long

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ८०% सम्म छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आन्तरिक हवाई भाडामा ज्येष्ठ नागरिकले ८० प्रतिशतसम्म छुट पाउने भएका छन्।नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयमा आज वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले ज्येष्ठ नागरिकलाई ८० प्रतिशतसम्म हवाई भाडा छुट दिने निर्णय गरेको हो।

निर्णयअनुसार हवाई भाडामा ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ८०% छुट र ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ७०% छुट साथै व्यवस्था गरिने भएको छ।

यसैगरी हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ५०% छुट प्रदान गरिने निर्णय भएको छ।

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत न्यूनतम ५०५ छुट सुनिश्चित हुने गरी व्यवस्था गरिने भएको छ।

यसका साथै सहमति भएअनुरुपका विषयहरुलाई आजैबाट कार्यान्वयन गर्न प्राधिकरणले सम्बद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ।

IME Lifesidebar
kumari