stcnepal long ad
national life

टी–२० विश्वकप छनोट: आज नेपालले जापानसँग भिड्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेका छन्।

बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन्।

लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो।

अब आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ। समूह बीमा दुवै टोलीको समान २–२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ।

gold
kumari bank
kumari
nawakantipur long