stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बालबालिकाको मनोसामाजिक परामर्शपछि मात्र पढाई शुरू गर्न महानगरको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित पठन पाठन शुरू गर्नु अघि विद्यार्थीहरूलाई मनोपरामर्श उपलब्ध गराउन विद्यालय व्यवस्थापसँग अनुरोध गरेको छ।

जेन जी को आन्दोलनका क्रममा भएको सरकारी दमन र त्यसको प्रतिकारमा भएको विध्वंशका कारण विद्यार्थीहरूको मानसपटलमा नकारात्मक प्रभाव परेको हुन सक्ने भन्दै महानगरले यस्तो अनुरोध गरेको हो।

जनजीवन विस्तारै सामान्य हुँदै गएकोमा भदौ २९ गते अर्थात आइतबारदेखि विद्यालय सञ्चालन गर्न समेत महानगरले सूचना मार्फत विद्यालय व्यवस्थापनलाई अनुरोध गरेको छ।

महानगरपालिकाले आइतबारदेखि विद्यालय खोलेर अभिभावकहरूलाई विद्यालय सञ्चालनबारे जानकारी गराउन, अभिभावकको सुझावको आधारमा सोमबारदेखि नियमित पठनपाठन शुरू गराउन समेत निर्देशन दिएको छ।

साथै महानगरपालिकाले अभिभावक स्वयमले विद्यार्थीलाइ ल्याउन लैजाने अवस्थाका विद्यार्थीलाइ विद्यालयमै पढाउन र बस चढेर आउजाउ गर्नुपर्ने विद्यार्थीका लागि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न समेत निर्देशन दिएको छ।

महानगरको सूचनाको सारांशः
१, सबै शिक्षक तथा कर्मचारीहरु मिति २०८२/०५/२९ गते आईतवार देखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,

२, विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरु गर्ने, विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौँ महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,

३, अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई मिति २०८२/०५/३० गते सोमबार देखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँग सँगै अध्ययन अध्यापन गर्ने गराउने,

४, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई ख्ष्चतगब िऋबिकक मार्फत सहजिकरण गर्ने ।

यसैबीच प्याब्सन काठमाडौंले मध्य त्रैमासिक परीक्षा २०८२ भाद्र ३० गतेदेखि हुने भनिएकोमा असोज २ गतेदेखि परिक्षा सञ्चालन गरिने जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari