stcnepal long ad
global ime bank long

अन्तरिम सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन जेड युवा प्रतिनिधिहरुबीच अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक छलफल हुने भएको हो ।

जेन जेड प्रतिनिधिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छन् । त्यसलाई आजको छलफलले औपचारिकता दिन लागेको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेन जेड प्रतिनिधिसँग बिहीबार बिहानदेखि छलफल हुने भएको छ । आजको छलफलले निर्णय गर्ने उनको विश्वास छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

जेन जेडको माग अनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो । जेन जेडबाट प्रस्तावित पूर्वप्रधानन्यायधीश कार्कीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरिसकेका छन् ।

यस्तै, नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेन जे युवाका प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईँ लगायतसँग पनि छलफल गरेका थिए ।

IME Lifesidebar
kumari