citizens life insurance long ad
stcnepal long ad

जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर भर्ने आज अन्तिम दिन हो ।

भदौ ४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको भएपनि मागबमोजिम नपरेपछि आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १०ः६.५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गरेको हो।

कम्पनीका शेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले गत असार ८ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ असार ५ गते (६ गते शुक्रबार र ७ गते शनिबार) सम्म कायम भएका शेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्। जोशी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

IME Life
kumari