नेपालकाे अटाेमाेबाइल उद्याेग : नयाँ युगको सूत्रपात
नेपालको अटोमोबाइल उद्योग आज नयाँ गको प्रवेशद्वारमा उभिएको छ। सम्भावना नवप्रवर्तन र सकारात्मक परिवर्तनको यस महत्वपूर्ण कालखण्डमा हाम्रो उद्योगले हासिल गरेका उपलब्धिहरू अन्तपूर्व छन । NADA Automobiles Dealers Association (नाडा) को अध्यक्षको रूपमा मैले आफ्नो कार्यकालमा उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ प्रदान गर्न हरसम्भव प्रयास गरेको छु।
यस क्रममा मैले उद्योगका विभिन्न पक्षहरूसंग सहकार्य गर्दै नवीनतम प्रविधि, दिगोपन तया लगानीमैत्री वातावरण सिर्जना गर्न सफल भएको छु । रणनीतिक सहकार्य र नीति निर्देशन मेरो अध्यक्षतामा नाडाको पहिलो र प्रमुख प्राथमिकता उद्योग, सरकार तथा अन्तर्राष्ट्रिय समुदायबीच रणनीतिक सहकार्यलाई मजबुत बनाउनु रहेको थियो ।
यसै क्रममा, मैले विद्युतीय सवारी (EV) रोडम्याप २०३० तयार गर्न सरकारी तथा निजी क्षेत्रका विज्ञहरू सम्मिलित संयुक्त कार्यदल गठन गरे। यस रोडम्यापले नेपाललाई दक्षिण एसियाकै विद्युतीय सवारीको केन्द्र बनाउने दूरदर्शी योजना अगाडि सारेको छ, जसमा स्थानीय उत्पादन प्रोत्साहन, ब्याट्री व्यवस्थापन, आवश्यक पूर्वाधार विस्तार, र लगानीमैत्री नीतिहरूलाई प्रमुख स्थान दिइएको छ।
यो रोडम्याप कार्यान्वयनमा आएपछि देशमा हजारौ रोजगारी सिर्जना हुनुका साथै स्वदेशी उत्पादनमार्फत आर्थिक समृद्धिको ढोका खुल्नेछ । यसका साथै उद्योगका लागि दीर्घकालीन स्पष्ट नीति र स्थिरता आउनेछ। नाडाले अब आगामी दिनहरूमा पनि नीति सवाद, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा निरन्तर सक्रिय रहनेछ। उद्योगको स्थायित्व तथा दिगोपनका लागि आवश्यक नीति पैरवी, अनुसन्धान र अध्ययनहरूलाई प्राथमिकता दिँदै हाम्रो सक्रियता अझ प्रभावकारी र निरन्तर हुनेछ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नेतृत्व चीनको चोग्किङमा सम्पन्न China Auto Chongqing Summit 2025 मा नेपालको प्रतिनिधित्व गर्ने सौभाग्य मैले पाएँ। यस प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनमा मैले नेपालको विद्युतीय सवारी क्षेत्रको सम्भावना, अवसर तथा लगानी प्रबर्द्धनसम्बन्धी महत्त्वपूर्ण प्रस्तुति दिएँ ।
सम्मेलनमा मेरा पहलहरूबाट प्रभावित भई चिनियाँ विद्युतीय सवारी कम्पनीहरूले आगामी NADA Auto Show २०२५ मा आफ्ना नयाँ प्रविधि तथा मोडलहरू सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। यो नेपालका लागि ठूलो अन्तर्राष्ट्रिय उपलब्धि हो, जसले भविष्यमा अझ बढी विदेशी लगानी आकर्षित गर्नेछ।
यस सम्मेलनका क्रममा मैले विभिन्न अन्तर्राष्ट्रिय कम्पनी तथा लगानीकतांसंग छलफल र बैठकहरू पनि सम्पन्न गरे, जसले नेपाललाई विश्वव्यापी रूपमा थप पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको छ।
यसबाट नेपालका लागि नयाँ प्रविधि, नवीन उत्पादन तथा लगानी भित्रिने सम्भावना बढेको छ। NADA Auto Show २०२५ नवप्रवर्तनको स्वर्ण जयन्ती संस्करण आगामी NADA Auto Show २०२५ मेरो कार्यकालकै एउटा ऐतिहासिक र महत्त्वपूर्ण कार्यक्रम हुनेछ।
हाम्रो ५०औं स्वर्ण जयन्ती सस्करण विशेष “Go For More” अवधारणाका साथ भव्य रूपमा आयोजना हुँदैछ । UNITREE को प्रायोजनमा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी मैदानमा आयोजना हुने यस शोमा ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शक सहभागी हुनेछन्।
चार पाये, दुई पांग्रे, हल्का कमर्सियल सवारी, पार्ट्स, लुब्रिकेन्ट, व्याट्री, टायर तथा वित्तीय सेवाका ३५ भन्दा बढी प्रमुख कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहनेछ । यस संस्करणमा पहिलोपटक ‘Made in Nepal’ पभिलियन स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने निर्णय मैले लिएको छ ।
यसका साथै, विन्टेज मोटर शो, अन्तर्राष्ट्रिय व्यापार मञ्च, स्मार्ट मोबिलिटी, डिजिटल प्रविधि, र सस्टेनेविलिटी सम्बन्धी विभिन्न सेमिनार, वर्कसप तथा प्यानल छलफलहरू यस प्रदर्शनीका विशेष आकर्षणहरू हुन् ।
१ लाखभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको यो प्रदर्शनी नेपालको अटोमोबाइल उद्योगलाई नयाँ युगतर्फ अगाडि बढाउने एउटा ऐतिहासिक माइलस्टोन हुनेछ।
यस प्रदर्शनीले नेपाली उपभोक्ता, व्यवसायी तथा लगानीकर्तालाई विश्वका अत्याधुनिक प्रविधि तथा नवीनतम प्रवृत्तिहरूसंग परिचित गराउँदै समय उद्योगलाई थप सशक्त बनाउनेछ ।
डिजिटल प्रविधि र स्मार्ट मोबिलिटी मेरो नेतृत्वकालमा डिजिटल प्रविधिको एकीकरण उच्च प्राथमिकतामा रह्यो। ग्राहक केन्द्रित एप्लिकेसनहरू, अन्तरक्रियात्मक वेबसाइट तथा डिजिटल प्लेटफर्महरू विकास गरी व्यवसायीहरूको दक्षता तथा प्रतिस्पर्धात्मक क्षमतालाई व्यापक रूपमा बढाउने कार्य गरियो।
यी प्रयासहरूले हाम्रो उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्त्वपूर्ण योगदान दिएका छन् । साथै, यसबाट ग्राहक सेवा र विक्री-पश्चात् सेवाहरू अझ प्रभावकारी र सहज भएका छन् । नीतिगत सुधार र लगानी प्रवर्द्धन सरकार तथा निजी क्षेत्रबीच मध्यस्थता गरेर मैले नीतिगत सुधार, कर सहुलियत तथा लगानीमैत्री वातावरणको सिर्जना गर्न सफल भए। उद्योगमैत्री नीतिहरू निर्माण गर्न निरन्तर संबाद र छलफलहरू मेरा नेतृत्वमा सम्पन्न भएका छन् । ( चाैधरी (नाडा अटोमोवाईल्स प्रशोसिएसन अफ नेपाल नाडाकाे अध्यक्ष हुनुहुन्छ)























