stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम लाई निरन्तरता दिएको छ ।

सोही क्रममा संस्थाले साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा तथा साउन ९ गते गौरादह शाखामा कार्यक्रम सम्पन्न गरेको हो ।

धरानमा आयोजित कार्यक्रममा ७० जना, लेटाङमा ७२ जना तथा गौरादहमा ७० जना सदस्यहरु लाभान्वित भएका थिए ।

एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा सम्बन्धित शाखाका प्रमुख, जन प्रतिनिधि, एन्जल फाउन्डेसनका प्रतिनिधि एवम् अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकार दिइएको थियो भने पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो ।

साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी संस्थाले दिएको छ ।

 

IME Lifesidebar
kumari