राप्ती हाइड्रोको हकप्रदमा असार २४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार १ गतेबाट निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको हकप्रदमा आज असार २२ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा कम्पनीले सो समय असार २४ गतेसम्म आवेदन दिन सकिने बनाएको छ ।
कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको हो ।
जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
हकप्रद शेयर जारी गर्न कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।