राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाएका छन् ।
गभर्नर विश्वनाथ पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।
सिनियर डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना पनि हाल बङ्गलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।