stcnepal long ad
himalayan life insurance long ad

मोदी इनर्जीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज (असार ११ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि असार १२ गते बुक क्लोज गर्नेछ । त्यसैले आजसम्म कायम  शेयरधनी मात्रै साधारण सभामा भाग लिन र कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपियाँको १ः १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै हकप्रद शेयर जारीपश्चात् पुँजी वृद्धि हुने भएकाले त्यसको उपयोग गर्ने विषय पनि टुंगो लगाउने, कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र १ जना संस्थापक समूहबाट सञ्चालक नियुक्त गर्ने प्रस्ताव सभाका लागि तय भएका छन् ।

विशेष साधारण सभा असार १९ गते रानीमहल ब्याङ्क्वेट, ज्ञानेश्वरमा बिहान ११ बजेदेखि बस्ने गरी बोलाएको छ ।