stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न

३ लाख २९ हजार ६५० जनाले हात पारे शेयर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ।

कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा आईपीओ बाँडफाँड गरेको हो।

यसमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा १४ हजार ८९७ जनाको आवेदन रद्द भएको छ। रितपूवर्क आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोला प्रथाद्वारा आईपीओ बाँडफाँड गरिएको हो।

बाँडफाँडमा ३ लाख २९ हजार ६५० जनाले १०/१० कित्ताका दरले शेयर हात पार्न सफल भएका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।

आईपीओको नतिजा अनलाइनमा आउन केही समय लाग्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari