sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ।

संस्थाले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागिएको जानकारी गराएको छ।

यो परिवर्तनसँगै संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ। हाल संस्थामा संस्थाको समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ।

संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने शेयरधनीहरुलाई २१ दिनभित्र पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालयमा लिखित रुपमा निवेदन दिन संस्थाले आग्रह गरेको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन नपरेको खण्डमा शेयर सर्वसाधारणमा परिणत गर्न मन्जुर भएको मानिने र प्रक्रिया अगाडि बढाइने संस्थाले स्पष्ट पारेको छ।

prabhu bank
nawakantipur long