citizens life insurance long ad
stcnepal long ad

स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब बजेट विनियोजन, बाँकी दावी रकम यसै वर्ष भुक्तानी गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गरीने बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा सम्बन्धि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा बिस्तार गरीने बताएका हुन् ।

‘बीमितहरुको सुविधा थैली क्रमशः बृद्धि गर्दै लगिने छ । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरीने छ । बीमितहरुलाई फरक–फरक पोलिसीको सुविधा उपलब्ध गराइने छ।’ अर्थमन्त्री पौडेलले भने । ‘बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वको लागि स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरीने छ । बीमा प्रणालीमाथीको व्ययभार कम गर्न सरकारद्वारा उपलब्ध गराइने अत्यवाश्यक औषधिहरु बीमामा जोडिने छ ।’ उनले भने ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको र हालसँम्म बाँकी रहेको भुक्तानी दावी रकम यसै वर्षभित्र तेस्रो पक्षबाट परीक्षण गराई फरफार गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले बताए ।

IME Life
kumari