sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज जेठ १४ गते देखि ट्रेड टावरको आइपीओ सर्वसाधारणका लागि खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ट्रेड टावर लिमिटेडको आज जेठ १४ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आइपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । ट्रेड टावरको आइपीओमा सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा नबिकेमा जेठ २८ गतेसम्म आवेदन दिन पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ माघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।

prabhu bank
nawakantipur long